स्थानीय तहलाई भू–उपयोग नक्सा हस्तान्तरण

<span class='c1'>स्थानीय तहलाई भू–उपयोग</span> <span class='c2'>नक्सा हस्तान्तरण</span>

कमल शर्मा
दैलेख । जिल्लामा रहेका ११ स्थानीय तहलाई भू–उपयोगसम्बन्धी नक्सा, डाटा तथा प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

जिल्ला समन्वय समिति दैलेखमा आयोजना शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय स्थलगत नापी विभाग भू–उपयोग व्यवस्थापन महाशाखाको तयार गरेको भूमिको वर्गीकरणको भू–उपायोग नक्सा ११ वटै स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । योजनाविना भूमिको प्रयोगले खेतीयोग्य जमिन मासिनुका साथै प्राकृतिक विपद्को जोखिम बढेको भन्दै नापीको प्रतिवेदनले स्थानीय तहलाई राष्ट्रिय भू–उपयोग नीति अनुसार भूमिको प्रयोग गर्न मद्दत सहयोग पुग्ने स्थानीय तहका सरकार प्रमुखले बताएका छन् । भू–उपयोग नक्सामा १० वटै स्थानीय तहका वन, खेतीयोग्य जमिन, नदी, ताल तथा सिमसार, सार्वजनिक, निजी जमिनको तथ्याङ्क समेटिएको छ ।

नापी विभागका प्रमुख नापी अधिकृत विकाशकुमार कर्णले राष्ट्रिय भू–उपयोग नीति अनुसार स्थानीय तहलाई भू–उपयोग नीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्न सहज हुने बताउनुभयो । उहाँले स्थानीय तहलाई भू–उपयोग नक्सासँगै डिजिटल डाटा समेत उपलब्ध गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लामा रहेका ११ स्थानीय तहका बेग्लाबेग्लै प्रतिवेदन, नक्सा तयार गरेको छ ।’

विभागले भू–उपायेग नक्सा हस्तान्तरणमा ११ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरलाई समेत अभिमुखीकरण गरिएको थियो ।
भू–उपयोग नक्सा र डिजिटल डाटा हस्तान्तरण गर्दै जिल्ला समन्वय अधिकारी बाबुराम नेपाली । तस्बिर:कमल शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्