थप २४२ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

थप २४२ जनामा सङ्क्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ६१७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ ।

यसैगरी देशभर हालसम्म सात हजार २८७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ८५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्