विराटनगर एकिकृत भन्सार जाँच चौकीमा मजदुरहरुको हडताल स्थगन

<span class='c1'>विराटनगर एकिकृत भन्सार जाँच</span> <span class='c2'>चौकीमा मजदुरहरुको हडताल स्थगन</span>

विराटनगर । भोली मंसिर १२ गतेदेखी विराटनगर रानी स्थित एकिकृत भन्सार जाँच चौकीमा कार्यरत मजदुरहरुले घोषणा गरेका हडताल तत्कालकालागि स्थगन गरेका छन । श्रम तथा रोजगार कार्यालयले मजदुरहरुका मागका बिषयमा सर्वपक्षिय वार्ता आव्हान गरेपछि मजदुरहरुले तत्कालकालागि वार्ता स्थगित गरेका हुन् ।

एकिकृत भन्सार जाँच चौकीमा कार्यरत मजदुरहरुले उठाएका ९ बुँदे मागका बिषयमा श्रम तथा रोजगार कार्यालय विराटनगरले पत्र काटेर सर्वपक्षिय वार्ता आव्हान गरेपछि मजदुहरुले तत्कालकालागि हडताल स्थगन गरेका छन ।
समाजबादी कारखाना श्रमिक संघको अगुवाईमा मंसिर ६ गते एकिकृत भन्सार जाँच चौकी (आइसिपी) को गेट सामुन्ने पत्रकार सम्मेलनको आयोजना गर्दै मजदुरहरुले आफुहरुले उठाएका माग कुनैपनि निकायले सम्बोधन गर्न चासो नदिएको भन्दै मंसिर १२ बाट आईसिपीको कामकाज ठप्पगरि हडताल गर्ने चेतावनी दिएका थिए ।
त्यस लगत्तै श्रम तथा रोजगार कार्यालयले मंसिर २६ गते वार्तामा आउन सम्बन्धित निकाय र मजदुरहरुलाई आव्हान गरेपछि हडताल स्थगित गरिएको समाजबादी कारखाना श्रमिक संघ (आइसिपी) इकाई अध्यक्ष शम्भुकुमार यादवले बताउनुभयो ।
आईसिपी परिसरमै रहेको रेल यार्डमा शनिवार बसेको समाजबादी कारखाना श्रमिक संघ,समाजबादी ट्रेड युनियन र आइसिपीमा कार्यरत मजदुरहरुको बैठकबाट आउदो मंसिर २६ गतेसम्मकालागि हडताल स्थगितगर्ने र वार्ताबाटै अधिकार स्थापितगर्ने प्रयासगर्ने निर्णय भएको जनाइएको छ । एकिकृत भन्सार जाँच चौकी सरसामान आयातनिर्यात हुने तथा देशको राजश्व संकलन हुने प्रमुख स्थान रहेकाले बन्दहडताल भन्दापनि वार्ताबाटै मजदुरका मागहरु सम्बोधनगर्ने कुरा सकारात्मक हुने संघीय समाजबादी पार्टी नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले बताउनुभयो ।


आइसिपीमा कामगर्न ट्रान्स नेपाल नामक कम्पनीले दिने अनुमति दिने गरेको छ । यद्यपि श्रमिकहरुले श्रम ऐन अनुसार सेवा र सुविधाको तगेदा ट्रान्स नेपालले आफ्नो कामदार नभएको भन्दै पन्छिने गरेको मजदुरहरुले बताएका छन । अइसिपीमा झण्डै ३ सय मजदुर कार्यरत रहेका छन । वार्ताबाटै सहमति खोज्ने प्रयास सकारात्मक रहेको समाजबादी ट्रेड युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलको भनाई छ ।
मजदुरहरुले सम्पूर्ण कामदर तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बीमा गर्नुपर्ने माग राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्