१९७ जना नयाँ सङ्क्रमित थपिए, तीनको मृत्यु

१९७ जना नयाँ सङ्क्रमित थपिए, तीनको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ९०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ७२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३२५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२१ पुगेको छ ।

यसैगरी देशभर हालसम्म सात हजार १५६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख १५ हजार ४३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्