निश्चल राय मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन

निश्चल राय मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग राख्दै विराटनगरमा प्रदर्शन

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तिमुढास्थित एक बालकको रहमस्य मृत्युको घटनाको अनुसन्धान गरि सत्यतथ्य सार्वजानिक गर्न माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन् ।
स्थानिय १४ वर्षिय निश्चल रायको रहमस्यम तरिकाले मृत्यु भएको घटनामा प्रहरीले गम्भरीता पुर्वक अनुसन्धान नगरेको भन्दै बुढीगगंगाका स्थानियले शनिबार विराटनगरमा प्रर्दशन गरेका हुन् । उनीहरुले विराटनगरको संसारी माइस्थानदेखि निकालिएको ¥यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ अगाडी घटनाको अनुसन्धान गरि दोषीलाई कारबाही र सत्यतथ्या सार्वजानि गर्न माग राख्दै प्रर्दशनमा उत्रिए । उनीहरुले हत्यारालाई कारवाही गर, घटनको सत्यतथ्या सार्वजनिक गर, पोष्टमाटम रिपोर्ट सार्वजानिक गर लगायतको प्लेकार्ड सहित प्रर्दशनमा उत्रिएका थिए ।

कात्तिक २२ गते घर नजिकै खेलिरहेको बेला अचानक हराएका १४ वर्षे बालक निश्चलको २४ गते बिहान सिंघिया खोलामा शव फेला परेको थियो । हराएपछि पटक पटक त्यस ठाउँमा खोजी गरिएको भएपनि फेला नपरेका बालक निश्चलको शव २४ गते बिहान पानीमा बग्दै गरेको अवस्थामा भेटिएको थियो । हराएकै दिन साँझसम्म बालक फेला नपरेपछि प्रहरीलाई खबर गरिएको भएपनि प्रहरीले खोजीका लागि आवश्यक गम्भीरता नदेखाएका कारण अपहरणमा परेका बालकको हत्या भएको आशंका परिवारले व्यक्त गर्दै आएका छन् ।
बालकको हत्या भएको १५ दिन बितिसक्दा पनि प्रहरी हत्याराको नजिक पुग्न नसक्नु र घटनाको यथार्थ पत्ता लगाउन असफल भएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । उनीहरुले छिटोभन्दा छिटो बालक मृत्युको कारण पत्ता लगाउन र अभियुक्तहरुलाई पक्राउ गर्न दबाव दिन थालेका छन् । त्यसै क्रममा स्थानीय संघर्ष समितिले यसअघि बिहीबार निमुवामा प्रदर्शन गरी इलाका प्रहरी कार्यालय नेमुवा अगाडि राजमार्गमा चक्काजाम पनि गरेका थिए । उनीहरुले घटना छानविन गर्न प्रहरी गम्भीर नबन्दा अभियुक्तहरु उम्कने र प्रमाण नष्ट हुने सम्भावना बढेको भन्दै पाँच दिन भित्र हत्याको सम्पूर्ण विवरण सार्वजनिक नभए थप दवावमूलक संघर्ष बढाउने चेतावनी दिएका छन् ।

बालक हत्या भएको दुई साता बितिसक्दासम्म घटनाको अनुसन्धान गर्दै आएको प्रहरीले पोष्टमार्टम र भिसेरा लगायत अन्य कुनैपनि रिपोर्टहरु सार्वजानिक गरेकको छैन । त्यसले पीडितहरुलाई कतै अनुसन्धान प्रभावित भएको त हैन भन्ने आशंका बढाइदिएको उनीहरुको गुनासो छ । प्रहरीले भने भिसेरा रिपोर्ट आउनासाथ पोष्टमार्टमको रिपोर्टपनि प्राप्त हुने र त्यसबाट मृत्युको कारण स्पष्ट हुने भन्दै रिपोर्ट पर्खेर बसेको जनाएको छ । पीडित परिवारले भने रिपोर्ट पर्खिदापर्खिदै सबै प्रमाण नष्ट भई हत्यालाई सामान्य मृत्युमा परिणत गर्ने खेल भएको आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्