एमालेबाट निर्वाचित वडाअध्यक्ष माओवादीको उपाध्यक्ष

एमालेबाट निर्वाचित वडाअध्यक्ष माओवादीको उपाध्यक्ष

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ का वडा अध्यक्ष माओवादी केन्द्रको उपाध्यक्ष निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नुरुल मियाँ माओवादी केन्द्रमा प्रवेश गरेर उपाध्यक्ष निर्वाचित भएका हुन् ।

सुनवर्षीमा अध्यक्ष जयन्त दासको अध्यक्षतामा माओवादी केन्द्रको पालिका कमिटि शनिबारको अधिवेशनले निर्वाचित गरेको मोरङका संयोजक गणेश उप्रेतीले जानकारी दिएका छन् । उप्रेती सुनवर्षीको अधिवेशन गराउने प्रतिनिधि तोकिएका थिए ।

यसैगरी मोरङका १६ वटा स्थानीय पालिकामा शनिबार एकै दिन अधिवेशन गरेको माओवादी केन्द्रले रंगेली र सुनवर्षीको नेतृत्व चयन टुङ्ग्याएको हो । रंगेलीमा श्री अधिकारीको अध्यक्षतामा कमिटि निर्वाचित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्