गायिका रचना रिमालसँग प्रदेश १ का मुख्यमन्त्रीको ‘वन साईडेड लभ’

गायिका रचना रिमालसँग प्रदेश १ का मुख्यमन्त्रीको ‘वन साईडेड लभ’

विराटनगर । प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफुले गायिका रचना रिमाललाई एकतर्फी माया गरेको बताएका छन् ।

शनिबार झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिकका लागि निर्माण गरेको 'डे केयर' भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गायिका रिमाललाई 'वन साईडेड लभ' गरेको बताउँदै मुख्यमन्त्री राईले आफू नेपाली गीत संगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले गायिका रिमालको गायन क्षमता र वचन शैलीप्रति आफू वन साइडेड लभमा परेको स्पष्ट पारे ।

'झापाकी गायिका रचना रिमालप्रति म वन साइडेड लभमा छु’, उनले भने, 'म उनको गायन क्षमताको प्रेममा परेको हुँ ।’

रचनाको जवाफ दिने शैलीको प्रशंसा गर्दै मुख्यमन्त्री राईले आफू नेपाली कलाकारिता जगतको ठूलो प्रशंसक रहेको दाबी गरे । उनले भने, 'अरुको थाहा भएन । तर, म यहाँ उपस्थित सबै कलाकारहरुलाई चिन्छु । उहाँहरुको नाम भन्न सक्छु । नेपाली कलाकारिता क्षेत्रसँग मेरो छुट्टै लगाव छ । म सामाजिक सञ्जालमा प्राय: सबैलाई पछ्याईरहेको हुन्छु ।'

कार्यक्रमको बिषयवस्तुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुटानी शरणार्थीको व्यवस्थापनका निम्ति प्रदेश सरकारले संघीय सरकारसँग आवश्यक समन्वय र पहल गर्ने बताए । उनले शरणार्थीहरुलाई आफ्नै मुलुक पठाउने वा नेपालमै पुनर्वासको व्यवस्था मिलाउने बिषयलाई सरकारले गम्भीरतापुर्वक लिएको जानकारी दिए । उनले शरणार्थीहरुसँग कुनै व्यक्तिगत पहिचान नभएकाले पनि उनीहरु क्षेत्रगत सहभागिताबाट बञ्चित रहँदै आएको भन्दै चिन्ता समेत व्यक्त गरे ।

कार्यक्रममा भने गायिका रिमालसहित गायक प्रमोद खरेल, नायिका केकी अधिकारी र बर्षा राउत लगायतका कलाकारहरु समेत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्