मोरङ काँग्रेसको अधिवेशन : विराटनगरमा मतदान जारी, सभापति जित्न कोइराला पक्षलाई भारी

मोरङ काँग्रेसको अधिवेशन : विराटनगरमा मतदान जारी, सभापति जित्न कोइराला पक्षलाई भारी

विराटनगर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत मोरङको नेतृत्व चयनका लागि आज मतदान जारी रहेको छ । विराटनगरस्थित मनास्लु होटलमा काँग्रेस जिल्ला कार्यसमिति मोरङको नेतृत्व चयनका लागि मतदान जारी रहेको हो ।

संस्थापन सभापति शेरबहादुर देउवा, संस्थापन इतरडा.शेखर कोइराला र रामचन्द्रपौडेल समूह र नेता कृष्णप्रसाद सिटौला समूहका अलग–अलग प्यानल बनाएर जिल्ला नेतृत्वको लागि उमेद्वारी मनोनयन भएको छ । आज ३ हजार ५८५ जना मतदाताले जिल्लाको सभापतिसहित पदाधिकारी र कार्यसमिति सदस्यलाई निर्वाचित गर्नेछन् ।

मोरङ सभापतिका लागि संस्थापन पक्षबाट सभापति दिलिप गच्छदार,उप–सभापति गोपाल बहादुर थापा, सुवोधकुमार सिंह, सचिवमा अर्जुन निरौला, शिवप्रसाद ढकाल, सह–सचिवमा अशोक रिजाल र सुभाष भण्डारीसहित प्यानल निर्वाचनमा होमिएको छ । यसैगरी सदस्यहरुमा देबचन्द्र घिमिरे, भीम कुँवर, राम विलास साह, सुशिल कुमार कोइराला लगायत रहेका छन् ।

यसैगरी कोइराला–पौडेल पक्षबाट सभापतिमा डिकबहादुर लिम्बु, उपसभापति नागेश कोइराला, भक्तिनाथ माझी, सचिव मोदराज घिमिरे र ललितकुमार श्रेष्ठ, सह–सचिव भुवनेश्वर मण्डल लगायत रहेका छन् । नेता कृष्ण सिटौला पक्षबाट सभापति यदु विष्टको नेतृत्वमा प्लानल मैदानमा छन् ।
अघिल्लो १३ औं महाधिवेशनमा देउवा प्यानलबाट सभापति भएका डिकबहादुर लिम्बु यस पटक कोइराला प्यानलबाट सभापतिको उमेदवार बनेका छन् । लिम्बुले लाइन फेरेर सभापतिमा दावी गरेपछि कोइराला–पौडेल समूह भित्रै निक्कै असन्तुष्टि देखिएको छ । जसको फाइदा दिलिप गच्छदार हुने बताइन्छ ।

पूर्व उपसभापति दिलिप गच्छदार यस पटक संस्थापन पक्षका उमेदवार हुन् । कतिपय मतदाताले पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसक्ने भएकोले दोस्रो चरणको निर्वाचनबाट मात्रै सभापति निर्वाचित हुने बताएका छन् । कतिपय मतदाताले यस पटक समेत मोरङ सभापतिमा संस्थापन पक्षका गच्छदार निर्वाचित हुने पूर्वानुमान लगाएका छन् । मोरङमा इमान्दार मानिएका सभापतिका अर्का प्रत्यासी यदु विष्टको समेत जिल्लाभर राम्रो प्रभाव रहेको छ । त्यसको असर प्रमुख दावेदार मानिएका लिम्बु र गच्छदारलाई पर्ने मानिन्छ ।
मतदानस्थलमा भेटिएका एक मतदाताले दोस्रो चरणमा दिलिप गच्छदारले सभापति जित्ने आंकलन रहेको बताएका छन् । उनको दावी अनुसार लिम्बुले सभापति दोहो¥याउनु कोइराला–पौडेल पक्षको हारको कारण बन्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्