विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका कारण विराटनगर बरगाछी उत्तर ६ लेन सडकखण्डमा ठुलो ट्राफिक जाम लागेको छ ।
आईतबार (आज) मोरङ जिल्ला कार्यसमितिको निर्वाचनका लागि ठुलो संख्यामा मतदाताहरु मतदान केन्द्र पुगेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको हो । विराटनगर बरगाछीस्थित होटल मनास्लुमा यतिबेला नेपाली कांगे्रसको ७ पदाधिकारी सहित ८८ पदका लागि मतदान भईरहेको छ । मतदान केन्द्रमा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । ट्राफिक व्यवस्थापनका निम्त्ति पनि ठुलो संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको छ । यद्यपि, मतदान केन्द्रमा ठुलो संख्यामा मतदाता र पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको हुँदा ट्राफिक व्यवस्थापन सकसपुर्ण भएको जनाईएको छ ।
नेपाली कांग्रेसको मोरङ जिल्ला सभापति पदका लागि भने डिगबहादुर लिम्बु, दिलीप गच्छदार र यदु बिष्टको उम्मेदवारी परेको छ ।
तस्बिरहरु :