मृतक पाँचको परिचय खुल्यो, गम्भीर तीन घाइते नेपालगञ्ज पठाइँदै

मृतक पाँचको परिचय खुल्यो, गम्भीर तीन घाइते नेपालगञ्ज पठाइँदै

सुकदेव बस्नेत
जाजरकोट । जाजरकोटमा बस दुर्घटनामा मृत्यु भएकाको नाम ठेगाना खुलेको छ । मृत्यु हुनेमा कुशे ९ जाजरकोट कि १८ वर्षिया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षकी सन्ध्या मल्ल शाही हुनुहुन्छ ।

त्यस्तै नलगाड ३ करुवा जाजरकोटका २६ वर्षीय शेरबहादुर परियार, आठ्बिसकोट ४ निवासी ४ वर्षीया दिब्या शाही र सप्तरी राजविराज नगरपालिका १ घर भै दीपेन्द्र आधारभूत विद्यालय सक्ला जाजरकोटमा कार्यरत ४० वर्षका गंगाराम छन ।

नेपालगन्जदेखि राडीबजार आउँदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस जाजरकोटमा ( कुदु बराहचौर नजिक ) राती दुई बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने २९ जना घाइते भएका छन । घाइते यात्रीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएर उपचार शुरु गरिएको छ ।
जाजरकोटका पमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरुको थप उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगन्ज पठाउने तयारी भैरहेको बताउनुभयो ।

स्यालले बाटो काट्न खोजेपछि स्याल जोगाउन खोज्दा दुर्घटना भएको चालक चित्रबहादुर देनारको भनाइ छ । चालक देनारलार्ई प्रहरीले नियन्त्रणमा लिएर उपचार गरिरहेको छ । चालक निदाएर दुघर्टना भएको पनि आशङ्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्