विराटनगर । लागुऔपध मुद्दामा दुईबर्ष कैद र १ लाख जरिवाना ठहर भएका इटहरी–१ का फरार प्रतिवादी २ वर्षपछि पक्राउ परेका छन् ।
सुनसरीको इटहरी घर भएका ४२ बर्षीय रामप्रवेश वि.क. मंसिर ८ गते पक्राउ परेका हुन् । मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले उनलाई गत बुधबार पक्राउ गरेको हो । उनलाई २०७५ फाल्गुण १५ गते जिल्ला अदालत मोरङले लागुुऔषध मुद्दामा जरिवाना सहित २ बर्षको कैद सजाय सुनाएको थियो । त्यसयता उनी फरार थिए ।
पक्राउ परेका वि.क.लाई हाल अदालतको आदेशानुसार विराटनगरस्थित मोरङ कारागार चलान गरिएको छ ।