उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको योगदान महत्वपूर्ण : प्रम

<span class='c1'>उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु</span> <span class='c2'>समुदायको योगदान महत्वपूर्ण : प्रम</span>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्धनमा आदिवासी जनजाति ज्यापु समुदायको ठूलो योगदान रहेको बताउनुभएकाे छ।

१८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समितिका पदाधिकारीसँगको छलफलमा उहाँले सो कुरा भन्नुभएको हो । निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेषभूषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । आउँदो पुस ४ गतेका दिन वसन्तपुरमा भव्यकासाथ मनाउन गइरहेको ज्यापु दिवसमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख आतिथ्यका लागि निमन्त्रणास्वरुप बाजागाजासहित माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिङ्गो सुपारी राखी कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहले परम्परागत रुपमा निमन्त्रणा दिनुभएको थियो ।

ज्यापु दिवसको निमन्त्रणा दिन आयोजक ज्यापु संस्कृति विकास कोष तथा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापु समाजका पदाधिकारीहरु आज प्रधानमन्त्री निवास पुग्नुभएकाे थियाे । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा नेपाल सरकारबाट आर्थिक वर्ष २०५७/५८ मा ज्यापु समुदायको बाजा संरक्षणको लागि प्राप्त १२ लाख ६० हजार रुपियाँ अक्षयकोषबाट ज्यापु संस्कृति विकास कोषको स्थापना भएको थियो ।

यसैक्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आइरहेको यःमरि पुन्हि / ज्यापु दिवसको पर्व बिदा विगत दुईवर्षदेखि सम्बन्धित जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक बिदामा परिणत गर्न सम्माननीय प्रधानमन्त्रीसमक्ष अनुरोध गर्नुभयाे।

तस्विर : मनाेजरत्न शाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्