कोरोना संक्रमित नेता आचार्य भरतपुर अस्पतालमा

कोरोना संक्रमित नेता आचार्य भरतपुर अस्पतालमा

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएका एमाले नेता भीम आचार्यलाई चितवनको भरतपुर अस्पताल लगिएको छ ।

महाधिवेशनमा सहभागी हुन् मङ्सिर ९ गते चितवन पुग्नुभएका आचार्यलाई राति ज्वरो आएपछि एन्टिजेन परीक्षण गर्दा मङ्सिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि महाधिवेशनमा सहभागी हुन नपाउनुभएका आचार्यलाई चिकित्सकको सल्लाह अनुसार आइतबार भरतपुर अस्पताल लगिएको उहाँका सहयोगी लोकेश निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य छ । सामान्य ज्वरो आएको उहाँको भनाइ छ।

‘चिकित्सकको सल्लाह अनुसार भरतपुर अस्पतालमा लगिएको हो’, निरौलाले भन्नुभयो, ‘स्वास्थ्य अवस्था सामान्छ छ । विस्तारै ज्वरो घट्दै गएको छ ।’ चिकित्सकको सल्लाह अनुसार अस्पतालमा सिटी स्क्यान हुने उहाँको भनाइ छ ।

चितवनमा एमालेको १० औँ महाधिवेशनको चहलपहल बढ्दै गर्दा संक्रमण पुष्टि भएपछि प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका आचार्य सौराहास्थित सेभन स्टार होटलको आइसोलेसनमा हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्