झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी क्याम्पमा डे केयर भवन निर्माण : मुख्यमन्त्रीले गरे उद्घाटन

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी क्याम्पमा डे केयर भवन निर्माण : मुख्यमन्त्रीले गरे उद्घाटन

विराटनगर । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि ‘डे केयर भवन’ निमार्ण गरिएको छ ।

इन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाद्वारा शरणार्थी क्याम्पमा दिवा सेवा भवन निमार्ण गरिएको हो । शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भवनको उद्घाटन गरेका हुन् ।फाउण्डेशनले करिब ७ महिना अघिदेखि नै भवन निर्माणको कार्य थालेको थियो । भवनमा हालसम्म ६५ लाख बराबरको काम भईसकेको छ । हाल बिजुली बत्ती जडान र फाइनल फिनिसिङकोे काम मात्र बाँकी रहेको फाउण्डेशनका क्षेत्रीय संयोजक राम बानियाले बताए । बेल्डाँगीस्थित क्याम्पमा रहेका शरणार्थीहरुको व्यवस्थापनमा सहयोग पुर्‍याउने लक्ष्यसहित ३०० जना अटाउनसक्ने क्षमताको डे केयर भवन निर्माण गरिएको उनले जानकारी दिए ।

भवनभित्र हाल २ वटा ठुल्ठुुला हल, एउटा स्टेज र २ वटा अफिस सहितका संरचना निर्माण गरिएका छन् । उक्त भवन क्याम्पभित्र रहेका शरणार्थी सहित बाहिरका ज्येष्ठ नागरिकहरुका समेत निर्माण गरिएको फाउण्डेशनले जनाएको छ । यसअघि रुखको फेदमुुनि दिन बिताउँदै आएका शरणार्थीहरुका लागि डे केयर भवन निकै नै लाभदायक साबित हुने फाउण्डेशनको विश्वास छ । प्रदेश नं. १ को मोरङस्थित पथरी शनिश्चरेमा १ हजार ५ सय र झापाको बेल्डाँगीस्थित क्याम्पमा साढे ५ हजार शरणार्थीहरुको बसोबास छ । पथरीको शरणार्थी शिविरमा इन्ट्रा फाउण्डेशनले २ वर्षअघि नै करिब २५ लाखको लागतमा डे केयर भवन निर्माण सम्पन्न गरि हस्तान्तरण गरिसकेको छ ।

शनिबारको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुुख्यमन्त्री राईले शरणार्थीहरुको दिगो व्यवस्थापनका निम्ति प्रदेश सरकारले संघीय सरकारसँग आवश्यक समन्वय र पहल गर्ने बताए । शरणार्थीहरुलाई आफ्नै मुलुक पठाउने, तेश्रो मुलुकमा पुर्नवासको व्यवस्था मिलाउने वा नेपालमै व्यवस्थापनका निम्त्ति कानुनी बाटो खोज्ने बिषयलाई सरकारले गम्भीरतापुर्वक लिएको उनले जानकारी दिए । शरणार्थीहरुको स्थायी व्यवस्थापनका साथसाथै दैनिक जीवनयापनमा आईपर्ने व्यवहारिक समस्या समाधानका निम्त्ति समेत प्रदेश सरकार हिस्सेदार बनेर जान तयार रहेकोे मुख्यमन्त्री राईले दाबी गरे ।

शनिबार भने ज्येष्ठ नागरिक लक्षित दिवा सेवा भवनको उद्घाटनसँगै ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाईस कप’ प्रतियोगिताको समेत शुभारम्भ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्