२४ घण्टामा थप १५८ जनामा संक्रमण, दुई जनाको मृत्यु

२४ घण्टामा थप १५८ जनामा संक्रमण, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १५८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ९१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ३१४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा चार जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३४३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ९६६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ६११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्