कोइरालाको जिल्लामा देउवाको प्रभाव, विष्टको समर्थन जसलाई उहि मोरङ सभापति

कोइरालाको जिल्लामा देउवाको प्रभाव, विष्टको समर्थन जसलाई उहि मोरङ सभापति

विराटनगर । नेपाली कांग्रेस मोरङको सभापति छनोटका लागि पुनः निर्वाचन हुने भएको छ । आइतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नपाएका कारण पुनः निर्वाचन हुने भएको हो ।

नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला पक्ष हावी रहेको मोरङमा समेत पहिलो चरणको मतदानबाट सभापतिको निक्र्यौल हुन सकेन । जसका कारण दोस्रो चरणको निर्वाचनमा जानुपर्ने अवस्था आएको छ ।

१४औं महाधिवेशन अन्तरगत मोरङको अधिवेशनमा आइतबार तीन हजार ४१४ मत खसेको थियो । आइतबार राति मतगणना हुँदा संस्थापनइतर पक्षका उम्मेदबार डिगबहादुर लिम्बुले एक हजार ५४४ मत प्राप्त गरे । शेरबहादुर देउवा निकट उम्मेद्वार दिलीप गच्छदारले एक हजार १६६ मत प्राप्त गर्दा कृष्णप्रसाद सिटौलासँग नजिक रहेका उम्मेद्वार यदुकुमार बिष्टले ५६३ मत प्राप्त गरेका छन् ।
पुनः हुने चुनावमा सबैभन्दा धेरै मत ल्याउने लिम्बु र दोस्रो हुने दिलीपबीच प्रतिस्पर्धा हुनेछ । अबको निर्वाचनमा विष्टले समर्थन गर्ने उमेदवार निर्वाचित हुनेछन् ।

कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन्। तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए । उहाँहरू आफैँ सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन,ु उनले भने, ुनत्र फेरि निर्वाचनको मिति तय गरेर निर्वाचन गराउँछौँ ।

सम्मानजनक मत प्राप्त गरेका विष्टले आज केहिबेरमा आफ्नो समर्थन कसलाई भन्ने कुराको यकिन गर्ने बताए । पहिलो चरणको नतिजा प्राप्त भएको छm दोस्रो चरणको निर्वाचन प्रक्रियामा जाने भएपछि मैले कसलाई समर्थन गर्ने निर्णय आजै लिनेछु, विष्टले भने–साथिहरुसँग सुझाव लिएर त्यसका आधारमा निर्णयमा पुगिनेछ । विष्टले औपचारिक रुपमै आफ्नो धारणा विज्ञप्तीमार्फत सार्वजानिक गर्ने बताएका छन् ।

कतिपयले विष्टले गच्छदारलाई समर्थन गर्ने बताएका छन् । यदि विष्टको समर्थन विष्टलाई हुँदा उनले चुनाव जित्ने संभावना छ । मंगलबार चुनाव गर्नुपर्छ भन्ने सुझाव दिएको छु, विष्टले भने–मैले समर्थन गर्ने व्यक्तिको विषयमा औपचारिक धारणा राख्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्