काँग्रेस रूपान्तरणका लागि पौडेलका १० सूत्र

काँग्रेस रूपान्तरणका लागि पौडेलका १० सूत्र

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘काँग्रेसको अबको बाटो’ सार्वजनिक गर्नुभएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा पौडेलले रूपान्तरणका १० सूत्रसहित काँग्रेसको अबको बाटो सार्वजनिक गर्नुभएको हो ।

पौडेलले भन्नुभयो, “नेपाली काँग्रेसको नेतृत्व मात्रै परिवर्तन गरेर पुग्दैन, यसका साथै पार्टीले एउटा अभियान नै चलाउन आवश्यक छ । यो अभियानलाई १० वटा बुँदामा उल्लेख गरेको छु र यसलाई रूपान्तरणका १० सूत्र नाम दिएको छु ।” उहाँले काँग्रेस र नेपाली समाजको लोकतान्त्रीकरण गर्दै नेपाली संस्कृति, संस्कार र राज्यको भविष्यको पुनर्संरचनाका लागि १० सूत्र सार्वजनिक गरेको उल्लेख गर्नुभएको छ ।

वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै पौडेलले समावेशी नेपाल साकार पार्न अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “काँंग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौँ । विकृति, विसङ्गति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौँ ।”

राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउनुपर्ने बताउँदै पौडेलले राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न सङ्घर्ष गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपले पछाडि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रमअघि सार्दै पौडेलले कांँग्रेसलाई ‘-याडिकल सेन्टर’ बाटोमा हिँडाउनुपर्नेमा जोड दिनुभयो । उहाँ भन्नुहुन्छ, “निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो ।

राज्यको सम्पत्ति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन । स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसका रूपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो ।” उहाँले विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांँग्रेसको नारा रहेको बताउँदै सैद्धान्तिक स्पष्टता र ऊर्जाशील प्रस्तुति तन्नेरी काँगेसको निश्चल चरित्र हुनुपर्ने धारणा प्रस्तुत गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन । २००७ सालदेखि सामन्तविरोधी एजेन्डा बोकेको काँग्रेस जसले २०१५ सालमा दुई तिहाइ जनमसर्थन प्राप्त ग-यो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा कांँग्रेसलाई उजिल्याउन अथक प्रयास गरौँ ।”
जनतालाई खान लाउन पुग्ने कृषि क्रान्ति र पर्यटनको विस्तार गरी देशलाई समृद्ध पार्न ऊर्जा क्रान्ति र आफ्नै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गर्नुपर्ने पौडेलले बताउनुभएको छ । अन्तक्र्रियामा काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, नेत्री कमला पन्तलगायत विभिन्न क्षेत्रका अगुवा, बुद्धिजीवीको उपस्थिति थियो ।
अशोक अधिकारी

राज्यको सम्पत्ति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन । स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसका रूपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो ।” उहाँले विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांँग्रेसको नारा रहेको बताउँदै सैद्धान्तिक स्पष्टता र ऊर्जाशील प्रस्तुति तन्नेरी काँगेसको निश्चल चरित्र हुनुपर्ने धारणा प्रस्तुत गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन । २००७ सालदेखि सामन्तविरोधी एजेन्डा बोकेको काँग्रेस जसले २०१५ सालमा दुई तिहाइ जनमसर्थन प्राप्त ग-यो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा कांँग्रेसलाई उजिल्याउन अथक प्रयास गरौँ ।”
जनतालाई खान लाउन पुग्ने कृषि क्रान्ति र पर्यटनको विस्तार गरी देशलाई समृद्ध पार्न ऊर्जा क्रान्ति र आफ्नै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गर्नुपर्ने पौडेलले बताउनुभएको छ ।

अन्तक्र्रियामा काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, नेत्री कमला पन्तलगायत विभिन्न क्षेत्रका अगुवा, बुद्धिजीवीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्