प्रधानन्यायाधीश जबराले आजका लागि तोक्नुभयो आठ इजलास

<span class='c1'>प्रधानन्यायाधीश जबराले आजका लागि</span> <span class='c2'>तोक्नुभयो आठ इजलास</span>

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबारका लागि आठ इजलास तोक्नुभएकाे छ । प्रधानन्यायाधीश जबराले आजका लागि एक एकलसहित सात संयुक्त इजलास तोक्नुभएको हाे ।

आठ इजलासमा ३०२ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दामा पेशी तोकिएको छ । प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र हरिप्रसाद फुँयाल, हरिकृष्ण कार्की र कुमार रेग्मी, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. मनोजकुमार शर्मा, डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुडाल, बमकुमार श्रेष्ठ र नहकुल सुवेदी तथा तेजबहादुर केसी र सुष्मालता माथेमाका लागि संयुक्त इजलास तोक्नुभएको छ ।

साथै, टंकबहादुर मोक्तानका लागि एक इजलास तोकिएको सर्वोच्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्