विराटनगरमा प्रहरीको नाममा रकम माग गर्ने पक्राउ

विराटनगरमा प्रहरीको नाममा रकम माग गर्ने पक्राउ

विराटनगर । विराटनगरको सीमा क्षेत्रमा सादा पोशाकको प्रहरी भन्दै स्थानीय व्यापारीसँग रकम माग गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१५ दक्षिण गेट क्षेत्रमा आफू प्रहरी भएको भन्दै रकम मागेको आरोपमा प्रहरीले विराटनगर–१२ का ३१ वर्षीय पुष्पराज चेम्जोङलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीमा प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार उनले रकम माग गर्ने गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । स्थानीय व्यापारीसँग रकम मागिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीको टोलिले पक्राउ गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्