एमाले मतदान सम्पन्न, दुई हजार ९२ मत खस्यो, ६१ अनुपस्थित

एमाले  मतदान सम्पन्न, दुई हजार ९२ मत खस्यो, ६१ अनुपस्थित

शालिग्राम नेपाल
सौराहा,(चितवन) । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा दुई हजार ९२ मत खसेको हो ।

एमालेका दुई हजार १७३ प्रतिनिधि मतदाता थिए । जसमध्ये ६१ जना मतदाता अनुपस्थित रहे । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन समारोह सम्पन्न गरेर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतीको प्रयास गरिएपनि नभएपछि आज विहान ४ बजेबाट मतदान सुरु भएको थियो । विहान अध्यक्षका उमेद्वार केपी शर्मा ओली र अर्का उमेद्वार भीम रावलले मतदान गरेपछि सुरु भएको थियो । मतदान ११स्१५ बजे सम्पन्न भएको हो ।

अध्यक्षमा दुई, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् । केही सदस्य पदका लागि पनि मतदान भएको हो ।

निर्वाचन आयोगका अनुसार अबको दुईदेखि तीन घण्टापछि परिणाम आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्