काठमाण्डौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट केपी शर्मा ओली दोश्रोपटक भारी मतान्तरले विजयी भएका छन् ।
मंगलबार दिउँसो आएको मतपरिणाम अनुसार ओलीले प्रतिद्धन्द्धी भीम रावललाई भारी मत अन्तरले हराउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुुन् । ओलीले १८३७ सय मत ल्याउँदा भीम रावलले २२३ सय मत पाएका छन् । अन्तिम मत परिणामको घोषणा हुन भने बाँकी छ ।
अध्यक्ष ओलीले यसपटक सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरेका थिए । बन्दसत्रले नै उनलाई ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारी छनौट गर्ने सर्वाधिकार दिएको थियो । ओलीको सूची पनि त्यसै अनुरुप बनेको थियो । तर, ओलीले बनाएको सुचीमा असहमति जनाउँदै रावलले अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका थिए ।
यसअघि भने ओली नवौं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी माधवकुमार नेपाललाई हराएर निर्वाचित भएका थिए ।