छ लाख ५८ हजारसहित पाँच जना जुवाडे पक्राउ

<span class='c1'>छ लाख ५८ हजारसहित</span> <span class='c2'>पाँच जना जुवाडे पक्राउ</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ३२ कोटेश्वरबाट तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बीस बुक तास, छ लाख ५८ हजार ६३० नगदसहित तास खेलिरहेको अवस्थामा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवातास खेलाइरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट परिचालन भएको टोलीले उहाँहरुलाई पक्राउ गरी महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्