विराटनगर । पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ काँग्रेस सभापतीको लागी पुन दोस्रो चरणको आज कडा सुरक्षाका विच मतदान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव निरीक्षक डिएसपी दिपक श्रेष्ठको कमाण्डमा अहिले विराटनगर २ स्थित विराटनगर अस्पताल पुर्व खाली जमिनमा दोस्रो चरणको मतदान भईरहेको छ । अन्य जिल्लाहरुमा काँग्रेस कार्यकर्ता विच झडप र मुडभेडको अवस्था आएपछि मोरङ प्रहरीले कडा रुपमा सुरक्षा प्रदान गरेको मोरङ प्रहरीले जनाएको छ ।
मतदान स्थलमा कुनै पनि अप्रिय घटना हुन नदिनको लागी शसस्त्र प्रहरी जनपत प्रहरी, सादा पोसाक सहित २ सय जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
यस अघि तीन नेताहरू मतदानका लागि प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए । बहालवाला सभापति डिकबहादुर लिम्बु, पूर्वउपसभापति दिलिप गच्छदार र पूर्वसचिव यदु बिष्ट सभापतिका लागि उठेका थिए तर कसैले पनि ५१ प्रहतिशत मत ल्याउन नसकेपछि पुन मतदान भएको हो ।
१४ औं महाधिवेशन अन्तरगत मोरङको अधिवेशनमा आईतबार ३ हजार ४ सय १४ मत खसेको थियो । आईतबार राती मतगणना हुँदा संस्थापन पक्षका उम्मेदबार डिगबहादुर लिम्बुले १ हजार ५ सय ४४ मत प्राप्त गरे । शेरबहादुर देउवा निकट उम्मेद्वार दिलीप गच्छदारले १ हजार १ सय ६६ मत प्राप्त गर्दा कृष्णप्रसाद सिटौलासँग नजिक रहेका उम्मेद्वार यदुकुमार बिष्टले ५ सय ६३ मत प्राप्त गरेका थिए । पुनः हुने चुनावमा सबैभन्दा धेरै मत ल्याउने लिम्बु र दोस्रो हुने गच्छदारबिच प्रतिस्पर्धा हुनेछ ।
नेपाली कांग्रेस मोरङको सभापति पदका लागि हुने दोश्रो पटकको निर्वाचनमा दिलीप गच्छदारलाई यसअघिका प्रतिस्पर्धी यदु बिष्टले सघाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै बिष्टले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका उम्मेदवार गच्छदारलाई समर्थन गर्ने बताएका थिए ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला पक्ष हाबी रहेको मोरङमा समेत पहिलो चरणको मतदानबाट सभापतिको निक्र्यौल हुन नसकेपछि मोरङको नेतृत्व चयनका लागि दोश्रो निर्वाचनमा जानुपर्ने अवस्था आएको हो । यो समाचार तयार हुदाँ सम्म झन्डै २ हजार बढी मत खसिसको निर्वाचन समितीले जनाएको छ । मतदान आज बेलुकी ५ बजे सम्म हुने जनाइएको छ ।