जेभियर्स स्कुलमा शैक्षिक सत्र २०७८ को लागि विद्यार्थीहरूको नयाँ नेतृत्व चयन

जेभियर्स स्कुलमा शैक्षिक सत्र २०७८ को लागि विद्यार्थीहरूको नयाँ नेतृत्व चयन

विराटनगर । मोरङको बुढीगंगा २, टङ्कीसिनवारीमा रहेको जेभियर्स इं. स्कुल शैक्षिक सत्र २०७८ को लागि विद्यार्थीहरूको नयाँ नेतृत्व चयन गरेको छ ।
हरेक वर्ष लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन प्रक्रियाद्वारा चयन गरिने विद्यार्थी नेतृत्व यसपटक भने सर्वसम्मत गर्न सफल भएको छ । कक्षा १० की अनिशा घिसिङ स्कुल क्याप्टेनमा निर्विरोध चयन भएकी छिन भने कक्षा ९ का विशाल भट्टराई र दिया भट्टराई स्कुल भाइस क्याप्टेनमा चयन भएका छन ।
त्यस्तै विद्यालयका चारै सदनमा क्याप्टेन र भाइस क्याप्टेनको पनि चयन गरेको छ । त्यसैगरी कक्षा ९ की छात्रा ललिता राजवंशीको अध्यक्षतामा १५ सदस्यीय जेभियर्स बाल क्लव पनि गठन गरिएको छ । उक्त क्लवको उपाध्यक्षमा विनिता कार्की र एलेक्सिस खवास चयन भएका छन भने सचिवमा रुपेश खवास, सहसचिवमा सुमिना भट्टराई र कोषाध्यक्षमा प्रगति बराल चयन भएका स्कूलका निर्देशक जनक ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्