एमालेका निर्वाचित पदाधिकारीको शपथ र पहिलो बैठक चितवनमै

एमालेका निर्वाचित पदाधिकारीको शपथ र पहिलो बैठक चितवनमै

शालिग्राम नेपाल
सौराहा (चितवन) । नेकपा एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोह सौराहामै हुने भएको छ ।

महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएपछि निर्वाचित पदाधिकारी र सदस्यको शपथ चितवनमै गर्ने तयारी भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । पहिलो केन्द्रीय कमिटी बैठकसमेत चितवनमै हुने भट्टराईले बताउनुभयो ।

निर्वाचनको पछिल्लो मत परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली अगाडि हुनुहुन्छ ।

अध्यक्षमा भीम रावल र ओलीबीच चुनावी प्रतिस्पर्धा भएको हो । रावलभन्दा ओली भारी मतले अगाडि हुनुहुन्छ । निर्वाचन आयोगका संयोजस विजय सुब्बाका अनुसार केही समयपश्चात् सम्पूर्ण विवरण सार्वजनिक हुनेछ ।

मत परिणाम सार्वजनिक पछि एमालेको केन्द्रीय कमिटी बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्