विराटनगर लायन्स क्लबद्वारा दुर्घटना न्यूनीकरणका लागि सचेतनामुलक स्टिकर टाँस

<span class='c1'>विराटनगर लायन्स क्लबद्वारा दुर्घटना न्यूनीकरणका</span> <span class='c2'>लागि सचेतनामुलक स्टिकर टाँस</span>

विराटनगर । पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि लायन्स क्लब अफ विराटनगर मोरङले सचेतनामुलक स्टिकर टाँस अभियान सुरु गरेको छ ।

क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा विराटनगरको तिनपैनी चोकदेखि अभियान सुरु गरेको हो । पछिल्लो समयको अव्यवस्थित सहरीकरणसँगै बढेको सवारीसाधनको चापले दुर्घटनाको जोखिम बढेको छ ।

केही हदसम्म दुर्घटनाबाट हुने जोखिम न्यूनीकरण र ट्राफिक नियमको पालना गरि सवारीसाधन चलाउनुपर्ने सन्देश प्रवाह गर्न अभियानको सुरुवात गरिएको क्लबका विराटनगर अध्यक्ष सुदन पौडेलले बताए । उनले हाल विराटनगर केन्द्रित गरिएको यो अभियानलाई मोरङ जिल्लाभरि विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

मङ्गलबारदेखि सुरु भएको उक्त अभियानको पहिलोदिन तिनपैनी चोकमा मोटरसाइकल, स्कुटर, सिटी सफारी र कार सहित झण्डै ३०० बढी ठुला तथा साना सवारीसाधनहरुमा स्टिकर टाँस गरिएको थियो ।

स्टिकरमा सेफ ड्राइभ सेभ लाइफ , तिब्र गति जीवनको क्षति र मादक पदार्थ सेवन गरि सवारीसाधन नचलाऔं जस्ता सन्देश लेखिएको थियो ।

उक्त अवसरमा भने लायन्स क्लब अन्तराष्ट्रियका इन्सपायरिङ लायन मिना जोशी, रिजन चेयर पर्शन राजु अधिकारी ,जोन चेयर पर्शन सतर अन्सारी र सिनियर एड्भाइजर सुर्यनारायण चौधरी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्