जीप दुर्घटनामा एक जनाको मृत्यु

<span class='c1'>जीप दुर्घटनामा एक</span> <span class='c2'>जनाको मृत्यु</span>

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ पालामा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन् ।

घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । जीपमा सात जना सवार थिए । चालक र अन्य एक यात्रु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्