सोलुखुम्बुमा काँग्रेस कार्यकर्ताद्वारा पत्रकारमाथी हातपात

सोलुखुम्बुमा काँग्रेस कार्यकर्ताद्वारा पत्रकारमाथी हातपात

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा रिपोटिङका लागि खटिएका सञ्चारकर्मी माथी प्रहरीकै अगाडी मादक पदार्थ सेवन गरेका कांग्रेस कार्यकर्ताहरुले हातपात गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको सभापतिका लागि भएको निर्वाचन अन्र्तगत मतगणनाको स्थलगत रिपोटिङमा खटिएका सञ्चारकर्मी रमन वन र सुबास दर्नालमाथी गएराती करिब ११ बजेको समयमा हातपात भएको हो ।

हातपात गर्नेहरुमा नेविसंघका जिल्ला उपाध्यक्ष जिवन बस्नेत, तरुणदल सचिव शेखर बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राई लगायतका रहेका छन् । उनीहरुले मादक पर्दाथ सेवन गरि मतगणना स्थल बाहिर स्थलगत रिपोटिङमा रहेका सञ्चारकर्मीमाथी आफ्नो अन्र्तवार्ता लिन धम्की दिदै आक्रमण गरेका हुन् ।

आक्रमणबाट रिपोटिङमा प्रयोग गरिएको माईक, रेकर्डर सहितका सामाग्रीमा क्षति पुगेको छ । तर सुरक्षामा खटिएका सुरक्षाकर्मी भने मुकदर्शक बनेका छन् । समाचार संकलनको क्रममा खटिएका सञ्चारकर्मीमाथी प्रहरीकै अगाडी आक्रमण भईरहँदा सुरक्षाकर्मीहरु भने रमिता हेरेर बसेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्