एक अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क

एक अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विभिन्न कोषमा रहेको एक अर्ब १० करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । एक वर्षका लागि राष्ट्र बैङ्कले वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीमा सो रकम जम्मा गर्न लागेको हो ।

कुुल रकममध्ये वाणिज्य बैङ्कमा ८८ करोड ६१ लाख, राष्ट्रियस्तरका विकास बैङ्कमा १६ करोड ६१ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा पाँच करोड ५३ लाख रुपियाँ राष्ट्र बैङ्कले छुट्याएको छ । राष्ट्र बैङ्कले २०७८ मङ्सिर २९ देखि २०७९ मङ्सिर २९ गतेसम्म ३६६ दिन अवधिका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

निक्षेप रकम लिन चाहने बैङ्क तथा वित्तीय संस्थाले ब्याजदरसहितको आवेदन राष्ट्र बैङ्कमा बुझाउनुपर्ने मङ्गलबार जारी सर्कुुलरमा उल्लेख छ । बैङ्क तथा वित्तीय संस्थाले मङ्सिर १७ गते दिउँसो १ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाएर राष्ट्र बैङ्कमा निवेदन दिनुपर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्