माओवादी केन्द्रले आगामी मंसिर १७ गते विराटनगर अधिवेशन गर्ने, अर्थमन्त्री जनार्दन शर्मा प्रमुख अथिति

<span class='c1'>माओवादी केन्द्रले आगामी मंसिर १७ गते विराटनगर</span> <span class='c2'>अधिवेशन गर्ने, अर्थमन्त्री जनार्दन शर्मा प्रमुख अथिति</span>

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिका कमिटीको पहिलो अधिवेशन मङ्सिर १७ गते गर्ने भएको छ ।
अर्थमन्त्री एवं पार्टीका संगठन विभाग प्रमुख जनार्दन शर्माको प्रमुख आतिथ्यतामा नगरअधिवेशनको उद्घाटन गरिने भएको हो ।

मङ्सिर १२ गतेसम्म वडा अधिवेशन सकेर मङ्सिर १७ गते नगर अधिवेशन गर्ने निर्णय भएको माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले जानकारी दिइन् । अधिवेशनमा चार सय प्रतिनिधि सहभागी हुनेछन् । माओवादी केन्द्र विराटनगर अध्यक्ष भोगेन्द्र यादवले पहिलो स्थानीय तहको पुनंसंरचनापछि हुन लागेको पहिलो अधिवेशन भव्य रुपमा आयोजना गर्ने तयारी गरिएको बताए ।

पाँच वर्षअघि महानगरमा एक हजार आठ सय पार्टी सदस्य रहेको माओवादी केन्द्रले हाल तीन हजार दुई सय संगठित सदस्य बनाएको छ । पार्टीप्रति बढ्दो विश्वास र जनआधारसहित पहिलो पालिका अधिवेशन गरेर अझै संगठित गर्ने योजना राखिएको छ ।

अधिवेशनले नयाँ नेतृत्व छनोट गर्नेछ । महानगरको कमिटी ९९ सदस्यीय हुनेछ । जसमा सात जना पदाधिकारी समिति हुनेछ । समितिमा ३५ प्रतिशत महिला, २५ प्रतिशत दलित, २० प्रतिशत युवा र पाँच प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्व गर्नुपर्ने विधानमा उल्लेख छ ।
प्रथम अधिवेशनले १४ जना प्रदेश प्रतिनिधि पनि छनोट गर्नेछ । ‘हामी सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नेछौं,’ अध्यक्ष भोगेन्द्र यादवले भने ‘सहमति सम्भव नभए लोकतान्त्रिक रुपमा चुनावमामार्फत नेतृत्व चयन गर्नेछौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्