ओमिक्रोन भेरियन्ट त्रास : विराटनगर भन्सारमा स्क्रिनिङ्ग थालियो

ओमिक्रोन भेरियन्ट त्रास : विराटनगर भन्सारमा स्क्रिनिङ्ग थालियो

विराटनगर। विराटनगर भन्सार कार्यालयले मालवस्तु लिएर आउने मालवहाक सवारीका चालक तथा सहयोगीको स्क्रिनिङ्ग सुरु गरेको छ ।
कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै भारतबाट नेपाल प्रवेश गर्ने मालवहाक सवारीका चालक तथा सहचालक र सहयोगीको स्क्रिनिङ्ग सुरु गरेको हो ।

भन्सार कार्यालयका अधिकृत अमित तिवारीका अनुसार नेपाल प्रवेश गर्ने सबै नागरिकको स्क्रिनिङ्गको काम सुरु गरिएको छ । भन्सार क्षेत्रमा स्वास्थ्य सुरक्षा मापदण्ड बिना हिँडडुल गर्न प्रतिवन्ध लगाइएको छ । भन्सार प्रशासनसँग सम्बन्धित काममा जानेहरुका लागि समेत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै कार्यकक्षमा प्रवेश गर्नका लागि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्