पथरी शनिश्चरेकी उपप्रमुख यमुना वास्तोला सम्मानित

<span class='c1'>पथरी शनिश्चरेकी उपप्रमुख</span> <span class='c2'>यमुना वास्तोला सम्मानित</span>

विराटनगर मङ्सिर १६ ,पथरी शनिश्चरेस्थित शब्द थिएटरले कला प्रवद्र्धनमा सहयोग पुर्याएकोमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई सम्मानित गरेको छ ।थिएटरको प्रस्तुत गरेको मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ को आज समापनका अवसरमा नाटक गर्न न्यायिक समितिमार्फत आर्थिक समेत सहयोग प्रदान गर्दै कलाप्रति प्रोत्साहित गर्दै आउनु भएकी उपप्रमुख वास्तोलालाई सम्मानपत्रले सम्मानित गरिएको हो । नाटक निर्देशक जीवन बरालले उहाँलाई सम्मानित गर्नुभयो ।कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएकी वास्तोलाले नगरमा हुने अन्याय अत्याचार तथा समाजका हरेक क्रियाकलापलाई कलाको माध्यमबाट चरितार्थ पार्दै नयाँ पुस्तालाई सन्देश दिन भएको नाट्य गतिविधिलाई आफुले सधैं साथ सहयोग पुर्याउने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्