पथरीबाट लागुऔषध सहित दुईजना पक्राउ

पथरीबाट लागुऔषध सहित दुईजना पक्राउ

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बुद्ध चौकबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नियमित चेकजाँचको क्रममा प्रहरीले पथरीशनिश्चरे–२ का २० बर्षीय सलबहादुर गुरुङ र २० बर्षीय सागर गोसनीलाई पक्राउ गरेको हो । बुधबार बेलुकी करिब ४ बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीको चेकजाँचको क्रममा उनीहरु लागुऔषध ट्रमाडोल १४८ ट्याब्लेट र स्पास्पेन १०९ ट्याब्लेट सहित पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै थप अनुसन्धान अघि बढाईएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्