विराटनगरमा आगामी शनिबार उद्यमी महिला सम्मेलन हुने

विराटनगरमा आगामी शनिबार उद्यमी महिला सम्मेलन हुने

विराटनगर । विराटनगरमा आगामी शनिबार युवा उद्यमी महिला सम्मेलन हुने भएको छ । युवाहरूको ज्ञान र सीपलाई उद्यमशीलता विकासतर्फ आकर्षित गराई स्वरोजगारको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासतर्फ उन्मुख गराउन सम्मेलनको आयोजना गर्न लागिएको आयोजक युवा उद्यमी मञ्च विराटनगरले जनाएको छ ।

युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामा एकदिने युवा उद्यमी महिला सम्मेलन २०२१ हुन लागेको अध्यक्ष युनेश श्रेष्ठले जानकारी दिए । महिलाहरूले आर्जन गरेको सीपलाई उद्यमशीलतामा परिवर्तन गरी आयआर्जनतर्फ उन्मुख गराई महिला सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्य लिई सम्मेलनको आयोजना गरिएको आयोजकको दाबी छ ।

सम्मेलनमा व्यापार विस्तारको योजना, बजारीकरण, कानुनी प्रावधानहरू, महिला उद्यमशीलताको विकासका लागि सरकारको योजना, बैंक तथा वित्तीय संस्थाले महिला उद्यमीहरूलाई प्रदान गरेको सहुलियतलगायत विविध पक्षहरूको विषयमा प्रस्तुती गरी अन्तरक्रिया गरिनेछ ।
व्यापार व्यवसाय गर्ने सोच बनाएका, भर्खरै व्यापार व्यवसायको प्रारम्भ गरेका महिलाहरूलाई व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने लक्ष्यका १५० उद्यमी सहभागी हुनेछन् । सम्मेलन आयोजक समितिका संयोजक अनमोल प्रधानका अनुसार सबै क्षेत्रमा उद्यमी बनेका महिलाहरुलाई सहभागी गराइनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्