विराटनगरस्थित बिग होटलको सेवा सुविधा विस्तार हुँदै : अब क्यासिनो, हेल्थ क्लब र इन्डोर स्वीमिङ पुल पनि थपिने

विराटनगरस्थित बिग होटलको सेवा सुविधा विस्तार हुँदै : अब क्यासिनो, हेल्थ क्लब र इन्डोर स्वीमिङ पुल पनि थपिने

विराटनगर । विराटनगर–९ स्थित रोडशेषमा अवस्थित बिग होटलले आफ्नो थप सेवा विस्तार गर्ने भएको छ ।

होटलले क्यासिनो, इन्डोर स्विमिङ पुल, जिम क्लब, स्पा, साउना, स्टीम बाथ र हेल्थ क्लब सहितका सेवा विस्तार गर्न लागेको हो । काठमाडौंका ऊर्जा व्यावसायी भरतबहादुर खत्रीले यसअघि ८ कट्ठा १० धुर जग्गामा ५० करोडको लगानीमा बिग होटलले सञ्चालनमा ल्याएका थिए । होटलमा थप २५ करोडको लागतमा अतिरिक्त सेवाहरु विस्तार गर्न लागिएको हो ।

आउँदो फाल्गुणकोे पहिलो सातादेखि अतिरिक्त सेवासहित होटल सञ्चालनमा ल्याउने तयारी रहेको होटलका म्यानेजर उद्धव भट्टले बताउनुभयो । उहाँले ६० देखि ७० जना अटाउन सक्ने क्षमताको क्यासिनो समेत सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । विराटनगरमा यसअघि रत्ना र स्वागतम होटलले मात्र क्यासिनो सञ्चालन गर्दै आएका थिए । तर, पछिल्लो समय दुवै होटलले क्यासिनो बन्द गरिसकेका छन् ।आउँदो फाल्गुणदेखि बिग होटलले इन्डोर जिम क्लब पनि सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । २५ जनाको क्षमता सहित जिम क्लब सञ्चालनमा ल्याउन लागिएको जानकारी दिईएको छ । यस्तै होटलले पुर्वमै पहिलोपटक स्पा समेत सञ्चालन ल्याउन लागेको छ । स्पा सञ्चालनका लागि यतिबेला भौतिक संरचनाको निर्माणको कार्य धमाधम भईरहेको छ ।

होटलले महिला र पुरुषका लागि बेग्लाबेग्लै स्टीम बाथ र साउना निर्माण गरिरहेको होटलका व्यावस्थापक सञ्जय साहले बताउनुभयो । उहाँले होटलमा अत्याधुनिक स्वास्थ्य उपकरणसहित हेल्थ क्लबको निर्माण प्रक्रिया समेत अघि बढाईएको जानकारी दिनुभयो । यस्तै पछिल्लो समय सवारीसाधन पार्किङको समस्यालाई दृष्टिगत गर्दै हालको ४० गाडी र ३५ बाइक अटाउने पार्किङ क्षेत्रलाई पनि विस्तार गर्न लागिरहेको छ । पार्किङ क्षेत्र विस्तार पश्चात ७० गाडी र ६० बाइक अटाउने छन् । सेवा सुविधा विस्तारपश्चात होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि कोठामा बस्ने पाहुनालाई स्विमिङ पुल र हेल्थ क्लबको सुविधा निःशुल्क उपलब्ध गराइने होटलका व्यवस्थापक साहको भनाई छ ।

यसअघि २०७५ वैशाख १ गतेदेखि सञ्चालनमा आएको होटल बिगमा ५३ वटा कोठा थिए । हाल होटलले १५ वटा कोठा थप गरेको छ । होटलमा स्विट रुम, सुपर डिलक्स र डिलक्स रुम गरी ६८ वटा रुम रहेको छ । पाँचतले होटलमा पहिलो तलामा ३० जनाको र पाचौं तलामा ३ सय र २ सय ५० का गरी ३ वटा छुट्टाछुट्टै ब्याङ्केट हल छन । होटलमा एक फाइन डाइनिङ, एक गार्डेन रेस्टुरेन्ट र एक कफी सेन्टर समेत रहेको होटलका मार्केटिङ म्यानेजर नरेश श्रेष्ठले बताउनुभयो ।

बिग होटलप्रति पछिल्लो समय भने औद्योगिक–व्यापारिक घराना, सरकारी तथा गैह्र सरकारी संस्था, स्थानीय, प्रदेश तथा सङ्घीय सरकार, कूटनीतिक नियोग, मेडिकल कलेज र फार्मास्युटिकल्स तथा भारतीय पाहुनाहरुको बिशेष आकर्षण रहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्