चाडबाड सकिएसँगै मोरङको किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)

<span class='c1'>चाडबाड सकिएसँगै मोरङको किसानलाई धान</span> <span class='c2'>भित्र्याउने चटारो (फोटो फिचर)</span>

मोरङ। चाडपर्वको रौनक सकिएसँगै मोरङका किसानहरू यतिबेला धान भित्र्याउने चटारोमा जुटेका छन्। खेतमा पाकेर पहेँलपुर भएको धान काट्न किसानहरू बिहानैदेखि खेतबारीमा व्यस्त देखिन थालेका छन्।

मोरङ जिल्लामा करिब ६९ हजार ४६८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। जिल्लाको कृषि अर्थतन्त्रमा धानबालीको महत्वपूर्ण योगदान रहँदै आएको छ।
पछिल्लो समय बढ्दो युवा शक्ति विदेशीनुले गाउँघरमा कृषि मजदुर अर्थात् खेतालाको अभाव बढ्दै जाँदा धान काट्ने काममा कठिनाइ हुन थालेको छ। खेताला पाउन मुस्किल हुने र पाइए पनि ज्याला महँगो पर्ने समस्याले किसानलाई थप चिन्तित बनाएको छ।
यही समस्यालाई मध्यनजर गर्दै कतिपय किसानले धान काट्ने आधुनिक मेसिनको प्रयोग गर्न थालेका छन्। मेसिनको प्रयोगले कम समयमा धेरै क्षेत्रफलको धान काट्न सहज भए पनि सबै किसानको पहुँचमा यस्ता उपकरण पुग्न सकेका छैनन्।


स्थानीय किसान डम्बर दाहालका अनुसार पछिल्लो समय धान काट्ने बेलामा खेतालाको अभाव मुख्य समस्याका रूपमा देखिन थालेको छ। काम गर्ने जनशक्ति पाउन कठिन भएपछि किसानहरू मेसिनको सहारा लिन बाध्य हुन थालेका छन्।

वर्षभरि गरेको मेहनत र पसिनाको प्रतिफल भित्र्याउने समयमा मौसमले साथ दिओस् र उत्पादन सुरक्षित रूपमा घरसम्म पुर्‍याउन पाइयोस् भन्ने किसानहरूको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्