थप २९८ जनामा सङ्क्रमण पुष्टि, छ जनाको मृत्यु

<span class='c1'>थप २९८ जनामा सङ्क्रमण</span> <span class='c2'>पुष्टि, छ जनाको मृत्यु</span>

काठमाडौं । पछिल्लो २४ घण्टामा २९८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ५११ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ८९२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २०१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा छ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ ।

यसैगरी देशभर हालसम्म सात हजार ४५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार ५५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्