२२३ जना नयाँ सङ्क्रमित, शून्य मृत्यु

<span class='c1'>२२३ जना नयाँ</span> <span class='c2'>सङ्क्रमित, शून्य मृत्यु</span>

काठमाडौं । पछिल्लो २४ घण्टामा २२३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार चार सय जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ४३६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा एक जनापनि सङ्क्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५३५ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ९२१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्