झापामा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु ३ जना घाईते

<span class='c1'>झापामा सवारी दुर्घटनाबाट २ जनाको</span> <span class='c2'>मृत्यु ३ जना घाईते</span>

झापा । झापामा हिजो छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनामा परि ३ जना घाईते समेत भएका छन् । बिहीबार दिउँसो ३ बजे बिर्तामोड नगरपालिका ३ स्थित पेट्रोल पम्प अगाडी बिर्तामोडदेखि भद्रपुर जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाईकललाई मे १ क ७८६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बिर्तामोड नगरपालिका ९ का ४३ बर्षीय सम्पत राजवंशी घाईते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल पुर्‍याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाईते भएकी मोटरसाईकल पछाडि सवार रहेकी ३१ बर्षीया शान्ता कार्कीको हाल सोही अस्पतालमा उपचार भईरहेको छ । ट्रक र भद्रपुर नगरपालिका १० का ३६ बर्षीय ट्रक चालक गंगा तामाङ हाल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन् ।

यसैगरी बिहीबार दिनको करिब ३ बजे गौरादह नगरपालिका ७ ग्वालडुब्बा स्थित बा ८ च ७७३५ नम्बरको माईक्रोले सडक छेउमा उभिरहेका ३ जनालाई ठक्कर दिई घाईते बनाएको थियो । घाईतेमध्ये सोही स्थान बस्ने बर्ष २८ की सिता साहको दमक अस्पतालमा उपचारको क्रममा बेलुका ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्थान बस्ने १९ बर्षीया सम्झना ऋषिदेव र ७ महिनाकी आरोसी यादवको सोही अस्पतालमा उपचार भईरहेको छ ।

माईक्रो र गौरादह ४ का ३० बर्षीय चालक अशोक कुमार माक्रा अहिले ईलाका प्रहरी कार्यालय गौरीगञ्जको नियन्त्रणमा छन् । प्रहरीले भने घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्