लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सुनसरीकोे धरान उप–महानगरपालिका १६ का १९ बर्षीय कैलाश मल्लिकलाई पक्राउ गरेको हो । बिहीबार बेलुका साढे ६ बजे भारतबाट नेपालतर्फ फर्किने क्रममा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा
उनी पक्राउ परेको हुन् । प्रहरीले उनको साथबाट लागुऔषध नाईट्रोसन १०० ट्याब्लेट समेत बरामद गरेको छ ।

पक्राउ परेका मल्लिक हाल इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्