नेपाल बैंक लिमिटेडको प्रादेशिक कार्यालयद्धारा मन्दिरलाई कुर्सी हस्तान्तरण

<span class='c1'>नेपाल बैंक लिमिटेडको प्रादेशिक</span> <span class='c2'>कार्यालयद्धारा मन्दिरलाई कुर्सी हस्तान्तरण</span>

विराटनगर । नेपाल बैंक लिमिटेडको प्रादेशिक कार्यालयले मोरङको सुन्दरहरैंचा नगरपालिका–३ बेलगाछीस्थित रणकाली मन्दिरलाई ९० वटा कुर्सी हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिरलाई ५० हजार बराबरको कुर्सी हस्तान्तरण गरेको हो । बैंकका प्रदेश १ प्रमुख सुर्यप्रकाश भट्टले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाईलाई कुर्सी हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बैंकका इटहरी शाखा प्रबन्धक योगेश भट्टराई, विराटचोक शाखा प्रबन्धक रमेश कार्की, बजार अड्डा शाखा प्रमुख प्रकाश घिमिरे तथा विराटचोक शाखाका कर्मचारी योगेन्द्र प्रसाद दाहाल, ज्योशना कार्की र सुश्मा पुन लगायतको सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्