माओवादी केन्द्र विराटनगर महानगरको अध्यक्षमा तीन जना आकाङ्क्षी

माओवादी केन्द्र विराटनगर महानगरको अध्यक्षमा तीन जना आकाङ्क्षी

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरको अध्यक्ष पदका लागि तीन जना आकाङ्क्षी देखिएका छन् ।

बाहलवाला माओवादी विराटनगरका संयोजक भोगेन्द्र यादव, सचिव नमिता न्यौपाने र युवा नेता नविन पौडेलले अध्यक्ष पदको आकाङक्षी देखिएका हुन् । अध्यक्ष बन्ने धेरै सम्भावना यादवको रहेपनि पौडेल र न्यौपाने नेताहरु समक्ष आफ्नो पक्षमा लविङ गरिरहेका छन् । नेतृत्व चयनको विषयमा सकेसम्म सहमति गर्ने र सहमति नभए लोकतान्त्रिक बिधिबाट नेतृत्व चयन गर्ने पार्टीले जनाएको छ । अध्यक्षका आकाङ्क्षी न्यौपाने यसअघिको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको उपमेयरमा पराजित भएकी थिइन् भने मेयरको उम्मेद्वार बनाएका यादवलाई अन्तिम समयमा उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमसँग गठबन्धन गर्दा उम्मेद्वारी फिर्ता लिन लगाईएको थियो । युवा नेता पौडेल भने माओवादी विराटनगरको उदयमान नेताको रुपमा मानिन्छ ।

माओवादी केन्द्रको अधिवेशनले महानगरमा ९९ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्ष सहितको कमिटिमा ३५ प्रतिशत महिला, २५ प्रतिशत दलित, २० प्रतिशत युवा र ५ प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्व हुने व्यवस्था छ । प्रथम अधिवेशनले १४ जना प्रदेश प्रतिनिधि पनि छनोट गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्