नेकपा माओवादी केन्द्र विराटनगर महानगरको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा नविन पौडेल सर्वसम्मतले चयन

नेकपा माओवादी केन्द्र विराटनगर महानगरको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा नविन पौडेल सर्वसम्मतले चयन

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगरसमितिको प्रथम अधिवेशनबाट अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा दिनेश राजवंशी,सावित्रा गौतम र ज्ञानू भट्टराई, सचिवमा नमिता न्यौपाने र सहसचिवमा सारदा मैनाली र कोषाध्यक्षमा मो. प्रवेज आजम निर्वाचित भएका छन् ।
अधिवेशनबाट ९९ सदस्यीय नगर समिति निर्माण भएको छ । उक्त समितिले पदाधिकारी चयन गरेको हो । माओवादीले नगरसम्मेलनमा ४४० जना प्रतिनिधि वडाबाटै छनौट गरेको थियो । यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा १४ जनालाई छनौट गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले बताए । माओवादीले मङ्सिर १२ गतेसम्म वडा अधिवेशन गरेको थियो ।
अध्यक्ष पौडेलले अब जनताले माओवादी केन्द्रलाई अवसर दिनुपर्ने बताए । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी राज्यप्रणाली माओवादीको एजेण्डा भएको कारण यसलाई कार्यान्वयन गर्ने र जनहित, मुलुकहितमा प्रयोग गर्नेका लागि पनि माओवादीले विजय हासिल गर्नुपर्नेमा उनको जोड छ । पार्टीहरूले नयाँ पुस्तालाई योजना बनाएर नीतिगत रूपमा नेतृत्वमा अवसर दिनुपर्छ भन्ने मान्यता राख्ने पौडेल देशमा विद्यमान कर्मचारी संयन्त्र र त्यहाँ मौलाएको अनियमितता र विकृति विसंगतिको विरुद्धमा युवाहरूले आफूलाई सशक्त बनाउन जरुरी रहनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्