‘मिस्टर एण्ड मिस लिटल’ कोशीको पहिलो अडिसन, ४५ प्रतियोगि

‘मिस्टर एण्ड मिस लिटल’ कोशीको पहिलो अडिसन, ४५ प्रतियोगि

विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीप्रतियोगिताको पहिलो अडिसन सम्पन्नभएको छ । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा शनिबार पहिलो अडिसन भएको हो ।

उक्त अडिसनमा ४५ जना प्रतियोगिहरुको सहभागि रहेको सिइओ नीशा खतिवडाले जानकारी दिइन् । अडिसनमा ४२ जना प्रत्यक्ष उपस्थित भएका थिए भने तीनजना प्रतियोगिले अनलाइनको माध्यमबाट अडिसनमा सहभागि जनाए । प्रतियोगिताको निर्णायकहरुमा जय मिडिया म्यानिजमेन्ट प्रालिकाचियरमेन जय राज राय, सेन्ट्रल मलको डाइरेक्टर राकेश जैन, मिस कोशी २०२१ को फस्ट रनरअपआयूषाआर्चाय र मिडिया पर्सनालीटि सरोज श्रेष्ठ रहेकाथिए ।

बालवालिकाहरूमाभएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यो प्रतियोगिताभएको हो । विराटनगरपछिपूर्वको इटहरीलगायतअन्यविभिन्न सहरहरुमापनि अडिसन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामाकक्षादशसम्मअध्ययरत विद्यार्थीहरूले भागलिनपाउनेछन् । प्रतियोगिाको फाइनलआगमी पुस १५ गते गर्ने आयोजकले तयारी गरेको छ ।विभिन्न चरणको अडिसनदेखि प्रतियोगिताको फाइनलमान्युनतम मिस्टर लिटलमा २५ र मिस लिटलमा २५ जनागरि ५० जनाफाइनलमा सहभागि गराउने जय मिडिया म्यानिजमेन्ट प्रालिकानिर्देशक जय राज रायले जानकारी दिए । प्रतियोगिताको बिजेताहुने मिस्टर र मिस लिटलले जनही३०–३०हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्तगर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्