उत्पादन क्षेत्रमा लगानी आवश्यक

उत्पादन क्षेत्रमा लगानी आवश्यक

दमक । नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र बलियो बनाउन उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।

स्थानीयस्तरमा च्याम्बर अफ कमर्सको अगुवाइमा कृषि, प्रविधिलगायतका क्षेत्रमा लगानी गरेर आयात प्रतिस्थापन गर्न आवश्यक सहजीकरण गर्न चेम्बर लाग्ने प्रतिबद्धतासमेत जनाउनुभयो । झापाको दमकमा नवगठित च्याम्बर अफ कमर्सको पदस्थापना कार्यक्रममा शुक्रबार मल्लले अहिले पनि नेपालमा ३३ प्रतिशत खेतीयोग्य जमिन बाँझो रहेकाले यसलाई उत्पादनशील रूपमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । “सरकारको मुख ताक्ने र विदेशी सहायतामा मात्र काम गर्ने सोच अब सबै क्षेत्रबाट त्याग्नु जरुरी छ,” मल्लले भन्नुभयो ।

हरेक उद्यमी तथा व्यवसायीले आयात कम गर्ने र निर्यातमुखी व्यवसायमा ध्यान लैजान सके मात्र आर्थिक उन्नति सम्भव भएको पनि मल्लले बताउनुभयो ।

चिया,अलैँचीलगायतका उत्पादन सोझै भारतबाहेकका अन्य मुलक निर्यात गर्न सकिने चर्चा गर्दै मल्लले भन्नुभयो, “हामी बजारीकरणका लागि सहयोग गर्न तम्तयार छौँ । ”

नेपाल च्याम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेशकाजी श्रेष्ठले यहाँ निर्यातजन्य उत्पादनको ठूलो सम्भावना रहेको भन्दै यसमा लाग्नका लागि सम्बन्धित व्यवसायीलाई आग्रह गर्नुभयो । “यहाँ अलैँची, अदुवा, कुचो, चियालगायतका कृषि उत्पादनको प्रचुर सम्भावना रहेको छ,” उहाँले भन्नुभयो । कार्यक्रम नेपाल च्याम्बर अफ कमर्स दमकका अध्यक्ष राजेन्द्र ढकालको सभातित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्