वृद्धको मृत्युपछि राजमार्ग अवरुद्ध

<span class='c1'>वृद्धको मृत्युपछि</span> <span class='c2'>राजमार्ग अवरुद्ध</span>

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।

आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

वृद्धको मृत्युपछि आक्रोशित स्थानीयवासीले शव पूर्व–पश्चिम राजमार्गमै राखेर यातायात अवरुद्ध गरेका छन् । स्थानीय प्रशासनले राजमार्ग सञ्चालन गर्ने प्रयास गरिरहेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले जीप र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि वैकल्पीक सडक बनाइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्