बस दुर्घटनामा सह-चालकको मृत्यु २० जना घाईते

बस दुर्घटनामा सह-चालकको मृत्यु २० जना घाईते

सुनसरी । कोशी गाँउपालिका ८ भाण्टाबरी स्थितमा बस दुर्घटनामा बसका सह-चालकको मृत्यु भएको छ । भने २० जना घाईते भएका छन् ।

मृत्यु हुनेमा बसका सह-चालक सिरहा धनगढी नगरपलिका ८ वडा बस्ने २६ बर्षिय जिवस यादव रहेका छन् । शनिबार दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरट्याक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो ।

बस चालक सिरहा लाहान नगरपालिका ८ वडा का अमित गुप्ता र ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्