लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

शनिबार बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका पथरी शनिश्चरे-२ वडा बस्ने २४ बर्षिय राजु मोते भन्ने विवेक मोते विराटनगर १ नम्बर ढाँटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल सहित पक्राउ परेका हुन् । यसैगरी दुहबी सि.आर.भि.बाट खटिएका प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ वडा बस्ने ३३ बर्षिय किरण थापा मगर र सोही स्थानका ३१ बर्षिय राम कुमार यक्चोलाई शनिबार बेलुका ७ बजे एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुल सहित दुहबीबाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्