अवैध रुपमा गोदाममा लुकाएर भण्डारन गरेको कपडा विराटनगरबाट बरामद , कसको हो पत्ता लागेन

<span class='c1'>अवैध रुपमा गोदाममा लुकाएर भण्डारन गरेको कपडा</span> <span class='c2'>विराटनगरबाट बरामद , कसको हो पत्ता लागेन</span>

विराटनगर । भारतदेखि तस्करी गरि भण्डारण गरेर राखिएको गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणको कपडा बरामद गरेको छ । विराटनगर–९ भानुटोल कलेज रोड स्थित विनोद अग्रवालको घरको गोदमबाट छापा हानेर ठुलो परिमाणमा कपडा बरामद गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अग्रवालको घरमा भण्डारण गरि राखिएको ३५ बोरा कपडा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
भारतबाट क्यारिङ गरेर ल्याईएका विशेषगरी महिलाहरुले लगाउने लेडिज लेगिज १ हजार ९ सय ४० पिस , उलन कुर्ति ३ सय २० पिस , बनारसी साडी १ सय ३५ पिस , भेलबेट लेङ्गा ७८ पिस, रातो साडी ४२ पिस र फेन्सी कपडा १ हजार १४ पिस गरी जम्मा १९ लाख १३ हजार १ सय मुल्य बराबरको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
कपडा कसको हो भन्ने अहिले सम्म पत्ता नलागेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बरामद सबै लत्ताकपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाई थप अनुसन्धान कार्यका लागी पठाएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्