लाइसेन्स पाउने वातावरण सहज बनाउन माग गर्दै विराटनगरमा प्रर्दशन

लाइसेन्स पाउने वातावरण सहज बनाउन माग गर्दै विराटनगरमा प्रर्दशन

विराटनगर । मोटरसाइकलको लाइसेन्स पाउने वातावरण सहज बनाउन माग गर्दै युवाहरुले शान्तिपुर्ण प्रर्दशन गरेका छन् ।

आईतबार विराटनगरको ट्राफिक चौकमा मोटरसाइकल विलाशिता नभई आवश्यकताको साधन भएको भन्दै युवाहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले लाइसेन्स प्राप्तिका लागि प्रक्रियागत जटिलताहरुलाई अन्त्य गर्न माग गरेका छन् । लाइसेन्स हुने चलखेल र बेथितिलाई अन्त्य गरिनुपर्ने उनीहरुको माग छ । आईतबारको स्ट्रीट क्याम्पेन विकल्प एन अल्टरनेटिभले आयोजना गरेको थियो ।

सहभागि युवाहरुले कर समयमै तिरौंला, सेवा पनि समयमै चाहियो, लाइसेन्समा भएको झन्झटिलो प्रक्रिया अन्त्य गरियोस, मैले लाइसेन्स किन बिचौलियाकै भरमा लिनुपर्ने ? र नागरिकले समयमा कर नबुझाउँदा जरिवाना, सरकारले ढिलासुस्ती गरे के ? लगायतका पम्पलेट सहित १ घण्टा बढी शान्तिपुर्ण प्रदर्शन गरेका थिए ।

पछिल्लो समय लाइसेन्स प्राप्त गर्न फारम भर्न जटिलता, फारम भरे वर्ष दिनपछि पालो आउने समस्या र ट्रायल दिन जाँदा पनि विचौलियाको सहारा लिनुपर्ने लगायतका समस्या आम नागरिकले झेलिरहेका छन् । जसकारण उमेर पुगेकाहरुले पनि समयमा लाइसेन्स प्राप्त गर्न सकिरहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्